"अखिल रनिङ शिल्ड हाजिरि जवाफ प्रतियाेगिता २०८०" सञ्चालन गरिने - साझाकुरा
शनिबार, असार ३०, २०८१

“अखिल रनिङ शिल्ड हाजिरि जवाफ प्रतियाेगिता २०८०” सञ्चालन गरिने


editor@sajhakura January 12, 2024

संखुवासभामा रहेका ७५ वटा माविलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो ।

“चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास” भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताएका हुन् । संखुवासभामा रहेका ७५ वटा माविलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईनल प्रतियोगिता माघको २२ गते सरस्वती मावि चैनपुर र २३ गते हिमालय मावि खाँदबारीमा हुनेछ । सेमिफाईनलबाट ४–४ वटा समुह छनौट गरी फाल्गुण ९ गते हिमालय मावि खाँदबारीमा फाईनल प्रतियोगिता हुने अनेरास्ववियु केन्द्रीय सदस्य तथा संखुवासभा जिल्ला ईञ्चार्ज अनुप चापागाईको अवधारणा अनुसार समुह विभाजन गरिएको खत्रीले जानकारी दिए ।
यो प्रतियोगितमा प्रथम हुने विद्यालयलाई २१ हजार नगद सहित ३ बर्षे रनिङ शिल्ड, मेडल प्रमाणपत्र, द्वितिय हुने विद्यालयलाई १२ हजार नगर, शिल्ड, मेडल र पमाणपत्र साथै तृतिय स्थान हासिल गर्ने विद्यालयलाई नगर ७ हजार ५ सय नगद, शिल्ड, मेडल र पमाणपत्र वितरण गर्नेे अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सञ्जय ओझाले बताए ।
यो प्रतियोतामा सोधिने प्रश्नहरुको पाठ्यक्रम आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिईएकाे छ । उक्त पाठ्यक्रम अनुसार माध्यमिक तहको पाठ्पुस्तकबाट २० प्रतिशत, राजनीतिबाट १० प्रतिशत, आईक्युबाट १० प्रतिशत र सामान्य ज्ञानबाट ६० प्रतिशत प्रश्नहरु रहनेछन् ।

यसै गरि ९ समुहमा विभाजन गरिएको छनौट केन्द्र र उक्त विद्यालयमा पर्ने विद्यालयहरुको नामावली सार्वजनीक गरेको छ । श्राेत: अरुण शन्देस

Leave a Reply

Your email address will not be published. Required fields are marked *