अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित) - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित)


editor@sajhakura October 27, 2023

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट बिचल्लिमा परेकि अग्नि पिडित चन्द्रकला माेक्तान तामाङकाे परिवारलाई सहयाेग जुट्नेक्रम शुरु भएकाे छ ।

गत मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको उनकाे घरमा आगलागि हुँदा करिब २० लाखकाे क्षति भएको थियाेभने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे समाजसेवी तारा दर्नालले बताए ।
आगलागिबाट चन्द्रकलाकाे घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको दर्नालकाे भनाई छ ।

पिडित चन्द्रकला अहिले आफन्त र छरछिमेकको सहारामा बसिरहेकि छिन् ।
आफुसंग भएको सबै सम्पति जलेर नष्ट हुँदा सहयोगि मनहरुको भरमा बस्नुपर्ने अवस्थामा पुगेकि छिन् ।
आगलागिबाट घरजलेर नष्ट भएको समचार सार्वजनिक भएपछि अग्निपिडित चन्द्रकला तामाङलाई सहयाेग जुट्नेक्रम पनि शुरुभएकाे छ । याे बिपत्तिकाे घडिमा सहयाेग गर्ने सबैलाई उनले धन्यबाद प्रकट गरेकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *