भाद्र १४, गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोपमा पाकिस्तानको उच्च अदालतले पुर्वप्रधानमन्त्री ईमरान खानलाई हिरासतमा राख्न आदेश दिएको छ । ईस्लामाबाद स्थीत उच्च अदालतले पुर्वप्रधानमन्त्री खानलाई मंगबार धरौटीमा रिहागर्न आदेश दिएको खुशियालीमा उनको समर्थकहरु खुशीयालिको तैयारीमा थिए ।
अदालतको पछिल्लो आदेशले उनका समर्थकहरुमा निराशा बढाएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । पुर्व प्रधानमन्त्री खानलाई करिव दुई सय वटा मुद्धा लगाई थुनामा राखिएको छ ।
आफुलाई आगामी निर्वाचनमा लड्न नदिन षडयन्त्र पुर्वव सैयौं निराधार आरोपमा मुद्धा लगाईएको नेता खानले दावी गरेका छन् । खानका वकिल सलमान सफदरले अदालतले औपनिवेशिक युगको गोप्य कानुनी प्रावधान अन्तरगत खानलाई दुई हप्ता हिरासतमा राखेर अनुशन्धान गर्न आदेश दिएको जानकारी दिएका छन् ।
पुर्वराष्ट्रपति खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय तोकिएको छ भने अन्य २ सय बढि मुद्धामा समेत उनलाई मुछिएको छ ।
उनको पार्टि पाकिस्तान तहरीक–ए–इन्साफ पिटिआई का उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी लगायतका नेतालाई समेत राज्यद्रोह र भ्रष्टाचारको मुद्धामा पक्राउ गरिएको छ।