अधिकार बिनाकाे प्रदेसकाे काम छैन :डा. कोईराला - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

अधिकार बिनाकाे प्रदेसकाे काम छैन :डा. कोईराला


editor@sajhakura December 29, 2023

नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले प्रदेशलाई अधिकार नदिने हो भने संघीयताको अर्थ नहुने बताएका छन् ।

काँग्रेस पाँचथरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले प्रदेशलाई अधिकार नदिने हो भने संघीयता खारेज गर्नुपर्ने बताएका हुन् । संघीयताको नाममा अहिलेको जस्तै रबैया रहे संघीयता टिक्न नसक्ने कोईरालाको तर्क थियो ।

“संघीयता ककारेज होस् भन्ने मेरो चााहना हैन्,” उनले भने “तर, यस्तो तरिकाले संघीयता टिक्दैन ।” अहिले नेपाली जनताहरु नेतृृत्वप्रति रुष्ट भएको कोईरालाको ठहर छ ।

“संबिधानमा उल्लेख भए बमोजिम प्रदेशलाई अधिकार दिनुपर्छ,” कोईरालाले भने “प्रदेशलाई अधिकार नदिने हो भने संघीयता चल्न सक्दैन ।”

सम्बोधनको क्रममा कोईरालाले पहिचानवादीहरुसँग सरकारले बार्ता गर्नुपर्ने बताए । ” बार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ,” उनले भने “पहिचानबादीहरुको मागलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ ।” जायज मागलाई सरकारले सम्बोधन गर्न ढिलाई गर्न नहुने उनको तर्क थियो ।

श्राेत: जाेरपाटी डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *