अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संखुवासभामा - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संखुवासभामा


editor@sajhakura December 10, 2023

मानव अधिकार तथा शान्ति समाज संखुवासभाले आज ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको छ । भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मूल नारासहित बिश्वभर आज यो दिवस विविध कार्यक्रमका साथ मनाउँदै आएको छ ।
यसै अवसरमा मानव अधिकार तथा शान्ति समाज संखुवासभाले सदरमुकाम खाँदबारीमा लोकतन्त्रको प्राण, सुशासन र सद्भाव बिषयक नागरिक सम्बाद कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ ।
संम्बाद कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, , शाखाका पदाधिकारी र सदस्यहरुका साथै नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, उपाध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मला गुरुङ्गले मानव अधिकार लोकतन्त्रको न्युनत्तम आधार भएकाले मानव अधिकारको सुनिश्चितताले मात्र लोकतन्त्रको बलियो हुने धारणा राखेकि थिईन् ।
कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष ईन्द्र गिरीले मानवअधिकारको बर्तमान अवस्था, समस्या चुनौतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समापन मन्तब्यका क्रममा शाखा सभापति लोक दर्शन शाक्यले अहिले पनि समाजमा मानवअधिकार हनन्का घटनाहरु ब्यापक रुपमा घटिरहेकाले सबैपक्षले एकिकृत कार्ययोजना बनाई अधिकार सुनिश्चिततामा जोड दिन आवश्यक रहेको बताएका थिए ।
संयुक्त राष्ट्रसंको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *