अन्तर माबि भलिबलकाे उपाधि आयोजक हिमालयलाई - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

अन्तर माबि भलिबलकाे उपाधि आयोजक हिमालयलाई


editor@sajhakura January 23, 2025

माघ १०
संखुवासभा सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक हिमालय माविले जितेको छ । आज सम्पन्न भएको फाईनल खेलमा सारदा मावि पोखरी (चैनपुर) लाई पराजित गर्दै उपाधि जितेको हो ।
हिमालय माविसँग पराजित बनेका सारदा मावि उपविजेतामा सिमित बनेका हुन् । विजेता बनेको हिमालय माविले विद्योदय मावि पांठालाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै सारदा माविले सुर्य आवासिय माविलाई पराजित गरेर फाईनल प्रवेश गरेको थियो ।
विजेता बनेको हिमालय माविले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सारदा माविले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । सेमिफाईनलिष्ट सुर्य आवासीय मावि र विद्योदय मावि पांठाले पनि नगद १०, १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा जिल्लाका १० माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
श्राेत:मकालु अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *