सनिबार अफगानिस्तानमा आएकाे बिनाशकारि भूकम्पमा मृत्युहुनेकाे सङ्ख्या दुई हजार नाघेकाे छ ।
हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र १० हजार जनाभन्दा धेरै घाइते भएकाे अफगानि अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेकाे छ ।
इरान र अफगानिस्तानको सीमा नजिकमा पर्ने पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पका कारण उनिहरुकाे ज्यान गएकाे हाे ।
भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । मानिसहरू भग्नावशेषमा फसेका छन् । तालिबान अधिकारीहरूले खोज तथा उद्धार र राहतका लागि विश्वव्यापी रूपमा सहयाेगकाे आग्रह गरेका छन् ।