सनिवार अफगानिस्तानमा गएको भूकम्पमा परि एक सय बढिकाे ज्यान गएको छ भने एक हजार जना भन्दा धेरै घाइते भएका छन् । सैयांकाे संख्यामा मानिसहरु बेपत्ता भएका छन् । हिजाे हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
भूकम्पका कारण कयौँ घर र संरचनाहरुमा ठुलाे क्षति पुगेकाे छ भने हज्जाराैं नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी र उद्दारको काम भइरहेको छ । भुकम्प पछि निरन्तर पराकम्प जाने क्ममा रहेकाले उद्धार र राहतकाे काममा समस्या भएकाे जनाईएकाे छ ।