भाद्र २४
सेवाग्राहिलाई असर परेको भन्दै सरकारले अवदेखि सरकारी कार्यालयको खाजा खाने समय आधा घण्टा मात्र तोकिदिएको छ । यसअघि सेवाग्राहिको सेवामा अनवरत खट्नुपर्ने कर्मचारी खाजा खाने समय भएको भन्दै १ घण्टा बढि हराउने गर्दा सेवाग्राहिको काम लामो समय रोकिएको गुनासाहरु आउने गरेको थियो । उक्त समस्याका बारेमा ब्यापक गुनासो आएको भन्दै यसलाई अवदेखि ३० मिनेट मात्र खाजाखाने समय तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चलाउँदै आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले खाजा खाने समय एक घण्टाबाट घटाएर
हरेक दिन आधा घण्टा अर्थात १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी गराएका छन् । कुनै सरकारी कार्यालय वा कर्मचारीले उक्त नियम लागु नगरे हेल्लो सरकारमा कल गर्न समेत ओलीले अनुरोध गरेका छन् ।