संखुवासभा मंशिर १८
जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति संखुवासभाले अबैध मदिरा बिक्रि बितरणमा कडाई गर्ने भएको छ ।
मंशिर १४ गते करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख तथा कर अधिकृत योगेश भटराईको अध्यक्षतमा बसेको बसेको ७ सदस्यीय जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो ।
समितिका सदस्यहरुमा एक नं. वडा कार्यालयका अध्यक्ष तथा खाँदबारी नगरपाििलका कार्यपालिका सदस्य निरञ्जन श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भोगेन्द्र श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका महासचिव सरोज कुमार बज्राचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक डम्बर मगर सदस्य तथा करदाता सेवा कार्यालय खाँदबारीका नायव शुब्बा संजय राई सदस्य सचिव रहेका छन् ।
केहि दिन अघि खाँदबारीमा बसेको समितिको बैठकले अबैध मदिरा उत्पादत तथा बेवबिखवनको कार्य अबैधानिक रहेको भन्दै मदिराजन्य कारोबार गर्ने ब्यवसायीलाई आफ्नो ब्यवसाय अनिवार्य दर्ता गरेर मात्र उत्पादन र बिक्रि बितरण गर्न आग्रह गरेको छ ।
समितिको बैठकले जिल्लाका केहि स्थानमा अखाद्य पदार्थ, मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने कच्चा पदार्थ मिसावट गरि मदिराजन्य उत्पादन गरिने गरेको सुचना समेत प्राप्त हुने गरेकाले त्यस्ता उत्पादनहरुको नियन्त्रण र नियमन गरि त्यस्ता ब्यवसायीलाई तत्काल कार्वाहि गर्ने समेत समितिले निर्णय गरेको करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख तथा जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समितिका संयोजक योगश भटराईले जानकारी दिए ।
बैठकले जिल्लामा रहेका १० वटै पालिकाहरुलाई पत्राचार गरि अबैध मदिरा उत्पादनको कडा अनुगमन गर्नसमेत पत्राचार गर्ने निर्णय गरेको छ । जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समितिले जिल्ला भित्रका मदिराजन्य उत्पादनको कडाईका साथ नियमित अनुगमन गरि त्यस्ता बस्तु जफत गर्ने, उत्पादकलाई कडा कानुनी कार्वाहि गर्ने लगायतका बिषयमा जोड दिएको छ ।
ब्यवसाय दर्ता नभएका, अन्तशुल्क ईजाजत नलिई मदिराजन्य उत्पादन बिकृ बितरण गरिएको पाईएमा त्यस्ता ब्यवसायिहरुलाई अनिवार्य दर्ताका लागि सार्वजनिक सुचनामार्फत जारी गर्ने निर्णय गरिएकाे छ । सुचना उल्लंघन गरि अटेर गर्ने ब्यवसायिलाई कानुन वमोजिम कार्वाहि गरिने समेत निर्णय गरेको करदाता सेवा कार्यालय खाँदबारी संखुवासभाले जनाएको छ ।