कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन (नृत्यको भिडियो सहित) - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन (नृत्यको भिडियो सहित)


editor@sajhakura November 9, 2023

कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ।
बुधबार राति विष सेवन गरेकी उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
अत्यधिक विष सेवनको कारण मृत्यु भएको संचारमाध्यममा उल्लेख गरिएको छ। नजिकको स्रोतका अनुसार उनले व्याजमा पैसा लिएको र समयमै तिर्न नसकेपछि ऋणदाताले बुवा आमालाई टर्चर दिएको कारण आत्महत्याको बाटो रोजेको कलाकारहरुले जनाएका छन्।
फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी दिपाशाको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो।
दिपाशा संखुवासभा स्थीत सुर्य सेकेण्डरी बोर्डिङ्ग स्कुल खाँदबारीले गत कार्तिक २१ गते आयोजना गरेको अभिभावक सम्मान तथा शुभकामना साँझमा भब्य प्रस्तुति दिएर दर्शक र श्रोताको मन जित्न सफल भएकि थिईन् । उनले हज्जारौं दर्शक र श्रोताको उपस्थीति रहेको उक्त सांगितिक कार्यक्रममा आधा दर्जन गितमा आकर्षक नृत्य प्रस्तुत गरेकि थिईन् ।
हिजो बुधबार संखुवासभाको तुम्लिंङ्गटार बिमानस्थलबाट बाट प्लेन मार्फत काठमाण्डौ ओर्लिएकि उनले हिजो राति आफ्नै निवासमा बिष सेवन गरेको र उपचारको क्रममा नर्भिक अस्पतालमा आज बिहान उनको मृत्यु भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *