लस एन्जलस स् अमेरिकाको हवाई राज्यस्थीत माउ टापुमा रहेको जंगलमा आगो लाग्दा ठुलो क्षति पुगेको छ । सैयौंको संख्यामा जंगलमा रहेका जलचर, थलचर लगायत अन्य प्राकृतिक सम्पदाहरु जलेर नष्ट भएको जनाईएको छ ।
आगलागीपछि उद्धारमा खटिएका सहित तीन सय ८५ जना बढि अझै बेपत्ता भैरहेको बताईएको छ ।
माउ प्रहरी विभाग र अमेरिकी संघीय अनुसन्धान ब्युरोले शनिबार संयुक्तरूपमा एक विज्ञप्ति जारि गरि उक्त संख्यामा मानिसहरु हराईरहेको जनाएको हो ।
माउइ जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा समेत प्रवेश गरेकाले त्यसमा परि एक सय १५ जनाले ज्यान गुमाएको बताईएको छ भने अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । झण्डै एक दशक पछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले मानवीय क्षति भएको जनाईएको छ । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने १४ वर्षअघि आएको सुनामीमा परि एक सय ६० बििढले ज्यान गुमाएको तथ्यांङ्क छ ।