मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे - साझाकुरा

मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे


admin September 3, 2023

अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन्। उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन्। सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्।

मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्। ुतपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ। हजुरहरूको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु,ु उनले भनेकी छन्।

उनले यससँगै कहिले विहे गर्ने भन्ने प्रश्नको अन्त्य भएको उल्लेख गरेकी छन्। उनले आफू अभिनित फिल्महरू सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *