कात्तिक २१
अमेरिकाको नव राष्ट्रपतिमा पूर्वराष्ट्रपति तथा रिपब्लीकन पार्टिका डोनाल्ड ट्रम्प जीत सुनिश्चित देखिएको छ । राष्ट्रपति निर्वाचनमा जीतका लागि दुई सय ७० इलेक्टोरल मत आवश्यक रहेकोमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले अहिले सम्म दुई सय ६६ मत प्राप्त गरिसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
उनका प्रमुख प्रतिश्पर्धी तथा डेमोक्रे्टिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिसले हालसम्म दुई सय १९ इलेक्टोरल मत प्राप्त गरेकी छिन् । नौ वटा स्टेटमा अहिले मतगणना जारी छ ।
बिभिन्न अध्ययनका अनुशार फक्स न्युजले यसअघि नै ट्रम्पको जीत सुनिश्चित भएको घोषणा गरिसकेको छ ।
आफ्नो बिजय सुनिश्चित भएको भन्दै रिपब्लिकन पार्टिका उम्मेदवार ट्रम्पले खुशियाली मनाउन आफ्ना पार्टिका नेता कार्यकर्ता र समर्थकलाई आग्रह गरिसकेको बताईएको छ । फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै ट्ररम्पले अमेरिकाले आफुलाई पुन अभूतपूर्व र बलियो जनादेश बाट बिजयी गराएको धारणा राखेका छन् । ।
हिजो भएको चुनावमा राष्ट्रपतिसहित तल्लो सदन र माथिल्लो सदन–सिनेटका लागि समेत मतदान सम्पन्न भैसकेको छ । माथिल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमत पुर्यासकेको छ भने तल्लो सदनमा पनि रिपब्लिकनकै बहुमत आउने सुनिश्चित देखिएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।