अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु


editor@sajhakura February 12, 2025

संखुवासभा माघ ३०

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पिडितलाई १६ वर्षपछि मुआब्जा बितरण शुरु गरिएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छ्याङ्कुटी–दिदिङ सडक खण्डको जग्गाको मुआब्जा वितरण गर्ने कार्य शुरु भएको जिल्ला प्शासन कार्यालय संखुवासभाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतकोे आदेश अनुसार छ्याङकुटी–दिदिङ सडक खण्डको २४ दशमलव ५ किलोमिटर०अन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण शुरु गरिएको हो ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम अहिलेसम्म चार करोड ८८ लाख रुपैयाँ पीडितको खातामा भुक्तानी भइसकेको र बाँकिलाई पनि मुआब्जार बितरणको काम भैरहेको प्रजिअ खड्काले बताउनुभयो ।
वहाँले लामो समय देखि रोकिएको छुट मुआब्जा प्राप्त गर्नका लागि स्थानीय मुआब्जा पिडितहरुले बिभिन्न आन्दोलन गर्दैआएको जानकारी गराउँदै अहिले मुआब्जा बितरणको काम शुरु भएपछि पिडितलाई ठुलो राहत मिलेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *