मंसिर ८,
सङ्खुवासभाको चैनपुर –११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन्। चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाकाले जनाएकाे छ ।
शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा ढुङ्गामा चिप्लिएर जिमी बेपत्ता भएको जनाईएकाे छ ।
गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदीमा पुजाका लागि गएका थिए । प्रहरी र स्थानियले खाेजेपनि सनिबार साँझसम्म जिमीको उनलाई फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयकाे भनाई छ।