कार्तिक १२
गत कार्तिक ६ गतेदेखि संखुवासभाकाे मानेभञ्ज्याङमा जारी अरुण भ्याल्ली फुटबल प्रतियाेगिताकाे उपाधि पञ्चकन्या फुटबल क्लबले चुमेकाे छ । साेमबार चुलाचुली फुटबल क्लब धनकुटा र पञ्चकन्या संखुवासभाबिच भएकाे फाईनल खेलमा चुलाचुलीलाई १ का बिरुद्ध २ गाेलकाे जित हाँसिल गर्दै उपाधि चुमेकाे हाे ।
प्रतियोगिताको हाफटाइमअगाडि चुलाचुली क्लब धनकुटाका तपन कार्कीले एक गोल गर्दै टिमलाई अग्रता दिलाए पनि हाफटाइमपछिकाे खेलमा पञ्चकन्याले दुई गाेल प्रहारगर्दै पञ्चकन्याले उपाधि हात पारेकाे हाे ।
एडभान्स क्लबले आयोजना गरेकाे उक्त प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे थियाे । प्रतियोगितामा सेकाहा क्लब र लोहोरुङ क्लब सेमिफाइनलिस्ट भएका छन्।
प्रतियोगिताको बिजेताले नगद दुई लाख, उपविजेताले एक लाख तथा सेमिफाइनलिस्ट दुई टिमले नगद २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।