अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स - साझाकुरा
शनिबार, असार ३०, २०८१

अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स


editor@sajhakura October 21, 2023

सामाजिक सद्भावका लागि युवा एकता, बिकृति र बिसंगतिका बिरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने नारा सहित संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांग स्थीत एडमान्स क्लवले आठौं अरुण भ्याल्ली आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सनिबार क्लवले एक पत्रकार सम्मेलनको आयोजनागरि प्रतियोगिताको बारेमा बिस्तृत जानकारी दिएकोे हो ।
आगामि कार्तिक २० गते देखि २४ गते सम्म संचालन हुने फुटवल प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख र दितिय हुने टिमलाई नगद रु एक लाख पुरस्कारको ब्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लबका सल्लाहकार मेदिनी घिमिरेले जनाए । उनले पर्यटन प्रवर्धन संगसंगै युवा एकता र सामाजिक बिकृति बिसंगति न्युनिकरणमा खेलक्षेत्रको योगदान महत्वपुर्ण रहेको जनाउँदै यो प्रतियोगितालाई सम्पन्न गर्न सबैपक्षको सक्रिय सहभागिताको अपेक्षा राखिएको धारणा राखे ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका पुर्वअध्यक्ष भरत कुमार घिमिरेले २०५० साल देखि नै एडभान्स क्लबले फुटबल खेलको बिकास, आधुनिकिकरण र खोलाडिहरुको ब्यवसायिकरणका लागि प्रतियोगिता संचालन गर्दैआएको जानकारी दिए ।
पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्रगिरीले खेल क्षेत्रको बिकासका लागि एडभान्स क्लवले खेलेको भुमिका महत्वपुर्ण रहेको धारणा राख्दै प्रतियोगिताको प्रचारप्रसारका लागि पत्रकार महासंघले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *