अरुण भ्याल्ली फुटवल प्रतियोगिताकाे आजकाे खेलमा सेकाहा र सभापाेखरी बिजयी - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

अरुण भ्याल्ली फुटवल प्रतियोगिताकाे आजकाे खेलमा सेकाहा र सभापाेखरी बिजयी


editor@sajhakura October 23, 2024

संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा संचालन हुने अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु भएकाे छ । कार्तिक १२ गते सम्म संचालनहुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमकाे सहभागिता रहेकाे आयाेजकएडभान्स क्लवले जनाएकाे छ ।
आजका प्रमुख अतिथी तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाबाट उद्घाटन गरिएकाे प्रतियाेगिताकाे पहिलाे खेलमा सेकाहा सामुदायिक बिकास क्लबले खाँदबारी युथ क्लबलाई हराएकाे थियाे भने दाश्राे खेलमा सभापाेखरीले तिनपाेखरी क्लबलाई पराजित गरेकाे थियाे ।

आजदेखि ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष जिल्लामान राईले जनाए ।
एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।
प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती समेत रहने क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *