अरुण भ्याल्ली फुटवल प्रतियाेगिताकाे आज सम्पन्न खेलमा लाेहाेरुङ र पञ्चकन्या बिजयी - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

अरुण भ्याल्ली फुटवल प्रतियाेगिताकाे आज सम्पन्न खेलमा लाेहाेरुङ र पञ्चकन्या बिजयी


editor@sajhakura October 24, 2024

संखुवासभा, कार्तिक ८

संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा हिजाेदेखि शुरुभएकाे अरुण भ्याल्ली फुटवल प्रतियोगिताकाे दाेश्राे दिन
दुईवटा खेल सम्पन्न भएका छन् ।

आजकाे पहिलाे खेल लाेहाेरुङ क्लब र मकालु फ्रेण्सबिच भएकाे थियाे जसमा लाेहाेरुङ ले मकालु फ्रेण्ड्सलाई १ का बिरुद्ध ६ गाेलकाे ठुलाे अन्तरले पराजित गरेकाे थियाेभने पन्चकन्या फुटबल क्लब र गाउँले फुटबल बिच भएकाे खेलमा सुन्यकाे बिरुद्ध १ गाेल गर्दै पन्चकन्या फुटबल क्लबले जित हाँसिल गरेकाे छ ।
हिजाे भएकाे पहिलाे दिनकाे सम्पन्न खेलमा सेकाहा सामुदायिक बिकास क्लबले खाँदबारी युथ क्लबलाई हराएकाे थियाे भने दाश्राे खेलमा सभापाेखरीले तिनपाेखरी क्लबलाई पराजित गरेकाे थियाे ।
कार्तिक १२ गते सम्म संचालनहुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमकाे सहभागिता रहेकाे आयाेजकएडभान्स क्लवले जनाएकाे छ ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष जिल्लामान राईले जनाए ।
एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *