संखुवासभा,कार्तिक ७
संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा संचालन हुने अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु हुदैछ । कार्तिक १२ गते सम्म संचालनहुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमले प्रतिश्पर्धा गर्ने आयाेजकएडभान्स क्लवले जनाएकाे छ ।
आजदेखि ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष जिल्लामान राईले जनाए ।
एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।
प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती समेत रहने क्लवले जनाएको छ । फाेटाे सामाजिक संजाल