भाद्र १३, सामाजिक संञ्जाल मार्फत अश्लिल फोटोरभिडिओ पठाई ब्लाकमेलिङ्ग गरेको आरोपमा भक्तपुर नगरपालिका १४ का २५ बर्षिय सुसन चौगुठी पक्राउ परेका छन् ।
उनले जवरजस्ती प्रेम जालमा फसाउने उदेश्यले एक महिलालाई बिभिन्न बहानामा खिचिएको अश्लिल फोटो र भिडियो पठाई नक्कली आईडिहरुबाट अन्य ब्यक्तिलाई पठाई महिलाको चरित्र हत्या गर्दैअएको उजुरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई पिडित महिलाको उजुरीका आधारमा बुधबार पक्राउ गरि थप अनुशन्धान अघि बढाईएको जनाईएको छ । उनिमाथिको आरोप पुष्टी भए आरोपि सुुुुसनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसूरमा कारबाही हुने प्रहरीको भनाई छ ।
अहिले उनलाई प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीमा पठाईएको उपत्यका अपराध अनुशन्धान शाखाले जनाएको छ ।