अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए


editor@sajhakura August 24, 2024

भाद्र ८
झापाःअस्पतालको बेडबाट केहि दिन अघि हतकडी फुस्काई फरार रहेका थुनुवा चार दिन पछि पुन पक्राउ परेका छन् । लागु औषध मृद्धाका थुनुवा दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई लाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई अजुनधारा ११ स्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

भदौ ४ गते दिउँसो ४ बजे पेट दुख्ने बिरामी भएको बहाना बनाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना भएका उनि मध्यराति हतकडी फुस्काई फरार रहेका थिए । राईको सुरक्षामा लापर्वाही गरेको भन्दै उनको निगरानिमा खटिएका प्रहरी हवल्दार बमबहादुर राईलाई निलम्बन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *