आइतवारदेखि हेलो सरकार, २४ सै घण्टा गुनासो राख्न खुल्ला - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

आइतवारदेखि हेलो सरकार, २४ सै घण्टा गुनासो राख्न खुल्ला


admin September 3, 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकार को सेवालाई पुन शुभारम्भ गरेका छन् ।
आइतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ुहेलो सरकारु कक्षको निरीक्षण र अनुगमन गर्दै प्रधानमन्त्रीले दाहालले नागरिकका समस्या बुझ्न र सम्बोधन गर्न तीन शिफ्ट मा हेलो सरकार सेवा संचालन हुनेगरि कार्यक्रम शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारका मुख्य सचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, सहित प्रधानमन्त्रीले सामुहिक रुपमा हेलो सरकार कक्षको अनुगमन गरेका थिए ।

यसअघि नेपाल टेलिकमबाट मात्र गुनासो राख्न सकिने प्रावधान रहेकामा अवदेखि
एनसेलबाट समेत गुनासो राख्न सकिनेछ । नागरिकले आफ्ना गुनासाहरू फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिने ब्यवस्था मिलाईएको जनाईएको छ । हेलो सरकारु को डेस्कमा नागरिकहरुले राखेका जिज्ञासा सल्लाहसुझाव र गुनासाहरु तत्काल सम्बोधन गरी सम्बन्धित निवेदकलाई जानकारी दिने व्यवस्थाका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको जनाईएको छ ।
ुहेलो सरकारु मा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था मिलाईएको
नेपाल सरकारका मुख्य सचिव डा। बैकुण्ठ अर्यालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *