आइपिओ खुलाउँदै भिजन लुम्बिनी ऊर्जा - साझाकुरा
सोमवार, असार ३२, २०८१

आइपिओ खुलाउँदै भिजन लुम्बिनी ऊर्जा


editor@sajhakura August 28, 2023

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आगामी भाद्र १९ देखि आइपिओ खुल्ला गर्ने तैयारी गरेको छ । भिजन लुम्बिनीले
पहिलो चरणमा आयोजनाबाट प्रभावीत क्षेत्रका स्थानीय तथा बैदेशिक रोजगारीमा गएका नेपालिका लागि आईपिओ निष्कासन गर्ने जनाएको छ ।

जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिसेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशनको तैयारी गरेको हो ।

आइपिओका लागि कास्की जिल्ला स्थीत माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं। १९ का स्थानीय बासिन्दा हुनुपर्ने कम्पनिले जनाएको छ ।

साथै अन्य सर्वसाधारण आवेदकका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण शेयर बैदेशिक रोजगारीमा रहेकाहरुका लागि छुट्याईएको कम्पनिको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *