आईसीसी यू१९ महिला विश्वकपको एसिया छनोटमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहिबार नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको हो । बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो ।
नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा अलआउट भएको थियो ओपनर जिफाले १२ रन बनाएकी थिईन् भने अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।
नेपालकी रचना चौधरी र सिमाना केसीले समान २,२ विकेट लिएका थिए ।
अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । प्रतियोगितामा कप्तान पुजा महतो ३४, साना प्रविन २५ र ज्योत्सिका मरासिनी २३ रन जोड्न सफल भईन् ।
कुवेतका लागि अयशा एकवालले २ विकेट लिएकी थिईन् । यो हार संगै कुवेत लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। कुवेतले पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनले हार ब्यहोरेको थियो ।
आगामि शनिवार नेपालले तेश्रो खेल घरेलु टोली यूएईसॅंग खेल्दैछ ।