आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ


editor@sajhakura February 16, 2024

आउँदो आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब रुपैयाँ बराबरको सिलिङ्ग तोकेको हो ।
सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबीच निरन्तर छलफल हुने गरेको भए पनि कुनै विवाद भने नभएको अर्थमन्त्री डां प्रकाशशरण महतले बताए
यसैबीच, चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नुलाई बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतको भनाई छ ।
मन्त्रालयमा आज शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको जानकारी दिए।
विभिन्न सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गरी समाचार दिएको भन्दै उनले स्पष्ट पार्न पत्रकार सम्मेलन नै आयोजना गर्नुपरेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *