संखुवासभा
बैशाख २१
गए राति संखुवासभाको धर्मदेबी नगरपालिकाको केन्द्र मुढे बजारमा भीषण आगलागी भएकाे छ । करिब ९:०० बजे शुरु भएकाे आगलागि तेर्हथुमकाे लालिगुराँश नगरपालिकाकाे दमकलकाे सहायताले करिब ३ घण्ट पछि नियन्त्रणमा लिईएकाे थियाे ।
प्रहरी, सेना र स्थानीयकाे सकृयताबाटाति करिब साढे बाह्र बजेतिर आगलागि नियन्त्रणमा आएकाे स्थानीय संचारकर्मी दुरगेश पाैडेलले जानकारी दिए ।
आगलागिबाट रुद्र ब. जिमिको दुईवटा घरमा क्षती पुग्दा करिब १ कराेड ५० लाख बढिकाे क्षति पुगेकाे आंकलन गरिएकाे छ । कारण खुल्न नसकेपनि बिद्धुत सर्ट भै आगलागि भएकाे अनुमान गरिएकाे छ ।