जाडोमा आगो ताप्दा र आगोको काम गर्दा सावधानी नपनाउँदा बितेको चार दिनमा ६ जनाको ज्यान गएको छ ।
हिजो बेलुकी अछामको मेल्लेख गाउँको एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परि ज्यान गएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको तथा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ गोडेखोलामा आगलागीमा परेर दाजुबहिनीको ज्यान गएको थियो ।