आगलागि पिडितलाई राहत बितरण - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

आगलागि पिडितलाई राहत बितरण


editor@sajhakura January 17, 2025

संखुवासभा माघ ४
संखुवासभाको सभापोखरी ६ मा बुधबार भएको आगलागि पिडितहरुलाई राहत बितरण गरिएको छ । बिहिबार जिल्ला बिपद ब्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटि, अलैंची ब्यवसायी महासंघ र बितरक संघ संखुवासभाले आगलिागि पिडित पाँच घरधुरीका चार परिवारलाई नगद र राहत सामग्री बितरण गरेको हो ।
जिल्ला बिपद ब्यवस्थापन समितिका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले डत ३ परिवारलाई प्रति परिवार रु १५ हजार र ५ जनाभन्दा बढि सदस्य संख्या भएका एक परिवारलाई नगद रु २० हजार बितरण गरेका थिए । त्यसैगरि नेपाल रेडक्रस सोसाईटि संखुवासभाका कोषाध्यक्ष सल्यान नेपालीले रेडक्रसका तर्फबाट त्रिपाल, कम्बल, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री बितरण गरेका थिए ।
त्यसैगरि बितरक संघ संखुवासभाको तर्फबाट प्रतिनिधी सुबास कालाखेतिले सभापोखरी गाउँपालिका अध्यक्ष भिम लिम्बु, उपप्रमुख लक्ष्मी चापागाईं, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य सहितको उपस्थीतिमा प्रतिघर रु १२ हजार १ सय ११ रुपैयाँका दरले सहयोग रकम प्रदान गरेका थिए भने अलैंची ब्यवसायी संघले रु ११ हजारका दरले पिडित परिवारलाई हस्तान्तरण गरेको रेडक्रसका कार्यालय प्रमुख लक्ष्मी कार्कीले जानकारी दिए ।
राहत हस्तान्तरण कार्यक्रममा सभापोखरी गाउँपालिकाका अध्यक्ष भिम लिम्बुले यस दुखद घडिमा पिडितलाई सहयोग गर्न सबैसमक्ष आग्रह गरेका छन् । दैवीप्रकोप जुनसुकै समयमा जसलाई पनि पर्नसक्ने भएकाले पिडितको राहत र पुनरस्थापनका लागि सबैको सहयोग आवश्यक भएकोमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *