आगामि असार २० सम्म संखुवासभा सहित ३४ जिल्लामा ‘रेड अलर्ट’ - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

आगामि असार २० सम्म संखुवासभा सहित ३४ जिल्लामा ‘रेड अलर्ट’


editor@sajhakura July 1, 2024

१७ असार,

मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट संखुवासभा जिल्ला सहित ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हाे ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ ।

रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।

अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् । यी जिल्लामा बर्षादसंगै बाढि पहिराेकाे जाेखिम रहन सक्ने भएकाले सतर्क रहन माैसम बिभागले आग्रह गरेकाे छ । यी जिल्लामा रहेका खाेलाहरुमा जलसतह बढि बाढि र डुबानकाे संभावना बढिरहेकाे बिभागकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *