आजदेखि चाक्चाकुर पर्व मनाउदै कुलुङ समुदाय - साझाकुरा

आजदेखि चाक्चाकुर पर्व मनाउदै कुलुङ समुदाय


editor@sajhakura December 31, 2023

आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट सुरु भएकाे छ ।
कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु,संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व भब्य रुपले मनाउने गरिन्छ ।

उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे पाईन्छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र ठुलाबढाकाे हातबाट टिका थापि आशिर्बाद थाप्ने चलन छ । 

यस पर्वकाे अवसरमा कुलुङ समुदायकाे बाहुल्य क्षेत्रका स्थानीय तहहरुले स्थानीय बिदा समेत दिईंदै आएकाे छ । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले १५ देखि १७ सम्म ३ दिन स्थानीय बिदा दिने गरेकाे छ भने संखुवासभाकाे सिलिचाेङ गाउँपालिकामा १५ र १६ गते दुई दिन स्थानीय विदा दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *