आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट सुरु भएकाे छ ।
कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु, संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व भब्य रुपले मनाउने गरिन्छ ।
उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे पाईन्छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र ठुलाबढाकाे हातबाट टिका थापि आशिर्बाद थाप्ने चलन छ ।
यश अवसरमा खाँदबारिमा कुलुङ् समुदायले प्रदर्शन गरेकाे साकेला शिली नाच