आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै


editor@sajhakura November 14, 2023

नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४ आजबाट शुरु भएकाे छ ।
नयाँ संम्बतकाे पहिलो दिन आज म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ ।
दैवीक उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्ने र पुज्ने पर्वको रुपमा म्हःपूजा गरिन्छ ।

नेवारी भाषामा म्ह: काे अर्थ शरीर र शरिरलाई पुजा गरिन्छ । आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ ।
म्हःपूजाका दिन नेवार समुदायका हरेक सदस्यले पिठाे र रंङ्गकाे मण्डप बनाएर पूजा आराधना गर्ने गर्दछन् ।

मानिसभित्रको शक्ति दिपको रुपमा प्रकट गर्न म्हःपूजा गर्ने परम्परा रहिआएको छ ।

नेपाल संवत सूरु हुने दिन म्हः पूजा गर्ने परम्परा रहेपनि तिथि घटवढ भएका कारण यसपटक आज म्हःपूजा गरिँदैछ ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरेर नेपाल सम्बतकाे सुरुआत गराएका थिए । आजेदेखि सरकारी कामकाजमा नेपाल सम्बत उल्लेख गर्ने सरकारले निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *