आजदेखि सोह्र श्राद्ध सुरू - साझाकुरा
सोमवार, असार ३२, २०८१

आजदेखि सोह्र श्राद्ध सुरू


editor@sajhakura September 30, 2023

शनिबारदेखि सोह्र श्राद्ध सुरू भएको छ ।
सोह्र श्राद्धलाई पितृ पक्ष आरम्भ भएको रुपमा लिइन्छ । सोह्र श्राद्धको पहिलो दिन नै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरीएको छ ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यो तीथिलाई सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *