कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शनिबार विश्वासको मत लिने तैयारी गरेका छन् । ।
। जसका लागि आज दिउँसो १ बजे बैठक समय ताेकिएकाे छ ।
मुख्यमन्त्रि कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेस सभामा ठुलाे दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान अनुसार आज उनले बिश्वासकाे मत लिन लागेका हुन् । अंङ्क गणितिय हिसाबले कार्कीले विश्वासको मत पाउने अवस्था देखिँदैन ।
कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मत आवाश्यक पर्नेमा एमालेका कार्कीसंग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् ।