आज १२ बजे सम्म मात्र राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न पाइने - साझाकुरा
शनिबार, अशोज १९, २०८१

आज १२ बजे सम्म मात्र राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न पाइने


editor@sajhakura January 22, 2024

माघ ११ गते हुन गैरहेको राष्ट्रिय सभा निर्वाचनको प्रचारप्रसारको अवधि आज सोमबार राती १२ बजे सम्म मात्र रहेको छ । आज माघ ८ गते राति १२ बजेपछि पछि देखि मतदान सम्पन्न नभएसम्मका लागि मत माग्ने र मतदातालाई प्रभावपार्ने काम गरिएको पाईएमा निर्वाचन आयोगले कानुनबमोजिम कार्वाहि हुने समेत चेतावनी दिएको छ । आगामी माघ ११ गते बिहिबार राष्ट्रियसभाको रिक्त रहेको १९ पदका लागि सातै प्रदेशमा निर्वाचन हुने आयोगले मिति तय गरेको छ ।
‘आज राति १२ बजेपछि देखि राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठनले पुर्णतया आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी संचालन गर्न र सामाजिक संजाल वा कुनै माध्यमबाट पनि मतदानलाई प्रभावपार्नेगरि सामग्री प्रसारण, शेयर गर्ने नपाउने उल्लेख गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाता तोकिने प्रवधान छ ।
मतदानको समय माघ ११ बिहान ९ बजे देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा हुने ब्यवस्था आयोगले मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *