भाद्र १७
ट्राफिक प्रहरीले आफ्नी श्रीमती चढेको गाडी रोकेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहरबार जलाउने धम्की दिएका छन् । उनले वर्तमान सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।
आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ फेसबुकमा उनले लेखेका छन,‘
शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि उनले समाजिक संजाल मार्फत आक्रोश पोखेका हुन् ।
’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलका अनुसार ‘ट्राफिक प्रहरीले बिदाको दिन भएकाले गाडी चलाउने अनुमति माग गरेको तर अनुमति नभएको बताए । उनले उक्त गाडि ‘बढीमा २, ३ मिनेट मात्रै रोकिएको हो । सरकारी गाडी रोकेर गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरिएको चेकिङमा खटिएका एक प्रहरीलेको भनाई छ ।
‘महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र काठमाडौं प्रहरी प्रमुखलाई ट्राफिक प्रहरीले गाडी रोकेको विषयमा यथार्थ जानकारि लिन निर्देशन दिएका थिए ।