श्रावण ३
आरक्षणको विरोधमा केहि दिन देखि देशभर भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेश सरकारले मोबाइल इन्टरनेट लगायतका संचारसेवाहरुलाई पुर्णरुपले निषेध गरेको छ ।
केहि दिन देखि आरक्षण ब्यवस्था बिरुद्ध चर्किएको आन्दोलनका कारण त्यहाँ हिंशामा परि अहिलेसम्म नौ जनाको ज्यान गएको छ । आन्दोलनलाई मथ्थर पार्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट बन्द गरिएको त्यहाँको दुरसंचार मन्त्रीले जानकारी गराएका छन् ।
सरकारी जागिरमा कोटा प्रणाली तोकेको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि हिंशात्मक आन्दोलन गर्दै आएका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा सरकारले आरक्षणको ब्यवस्था गरेको छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेकाले युवाहरुलाई रोजगारीको अभाव भएको आन्दोलनकारिहरुको बुझाई छ । यो प्रणालीबाट प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै उनिहरु आन्दोलित बनेको संचार माध्यमहरुले जनाएका छन् ।
आन्दोलनले उग्ररुप लिँदै गएपछि थप शान्ति शुरक्षा कायम राख्न बंगलादेशका सम्पुर्ण बिद्यालय, क्यम्पस तथा शैक्षिक संस्थाहरु अनिश्चीत कालका लागि बन्द गरिएका छन् ।
बिपक्षी दलले सरकारलाई असफल पार्न यो आन्दोलन भड्काएको भन्दै सरकारले मुख्य विपक्षी दलको मुख्यालयमा छापा मार्न प्रहरीलाई आदेश दिएको छ । आन्दोलनलाई दवाउन प्रधानमन्त्री हसिना निरङ्कुश बन्दै गएको बिपक्षी पार्टि बङ्गलादेश नेशनलिस्ट पार्टीले जनाएको छ । सरकारको निरंकुशता बिरुद्ध थप ससक्त आन्दोलन शुरु गर्ने बिपक्षी पार्टि बंङ्गलादेश नेशनलिस्ट पार्टीका नेताहरुले तैयारी थालेका छन् ।