आगलागि पिडितलाई ४ लाख ८८ हजार बढि सहयाेग - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

आगलागि पिडितलाई ४ लाख ८८ हजार बढि सहयाेग


editor@sajhakura January 28, 2025

संखुवासभा माघ १५
सभापोखरी आगलागि पिडित राहत संकलन समितिले सभापोखरीमा गत माघ २ गते भएको आगलागिका पिडितहरुलाई राहत रकम हस्तान्तरण गरेको छ ।
सभापोखरी ६ मा रहेको नयाँ बस्तीमा गत माघ २ गते आगलागि हुँदा ५ घर जलेर नष्ट भएको थियो । आगलागिबाट करिव १ करोड ५० लाख बराबरको क्षति भएको थियो ।

आगलागि पिडित परिवारको क्षतिमा केही राहात होस भन्ने उदेश्यले सभापोखरी आगोलागि पिडितका लागि राहत सङ्कलन समितिमा उठेको रु ४ लाख ८८ हजार ५ सय ५५ रुपैयाँ आगलागि प्रभावितहरुलाई बितरण गरिएको राहत सङ्कलन समितिका सल्लाहकार बिवेक घलेले जानकारी दिनुभयो ।

देश बिदेशमा रहेर संखुवासभाको सभापोखरीमा भएको दुखद घटनामा सहयोग गर्नूहुने सबैप्रति राहत सङ्कलन समितिका संयोजक प्रेमकुमार लिम्बुले धन्यबाद प्रकट गर्दै सहयोगि हातहरुद्वारा प्रदान गरिएको रकम घरवालाहरुः १ निर्मला तामाङ्ग कालाखेती र सुसिल तामाङ्गलाई संयुक्तरुपमा रु १ लाख ३२ हजार ५ सय, अमृता राईलाई रु ९२ हजार, लाल
बहादुर लिम्बुको परिवारलाई रु ९२ हजार राम व राईको परिवारलाई रु ९२ हजार त्यसैगरि घर भाँडामा बस्दै आएकी उर्मिला लिम्बु, अनुस्का लिम्बु, गिता लिम्बु र सल वहादुर लिम्बुलाई जनहि रु १५ हजार प्रदान गरिएको थियो भने रिमिक्सा लिम्बु १४ हजार ५५ रुपैयाँ, र दिनेस भट्टराई्लाई रु ६ हजार प्रदान गरिएको थियो ।
तसबिर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *