नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिने धारणा राखेका छन् ।
समाजबादि मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्ने क्रममा अव समाजबादी मोर्चा रक्षात्मक मात्र नभई ईंटको जवाफ पत्थरले दिनेतर्फ अग्रसर हुनुपर्ने धारणा राखेका हुन् ।
एकपछि अर्काेगर्दै बिवादित अभिब्यक्ति दिँदैआएको आरोप लागेका प्रधानमन्त्री प्रचण्डले केहि दिन अघिको सार्वजनिक भाषणमा सडक संघर्ष मार्फत सरकारका बिरुद्धमा कामाण्डौका सडकमा जनसागर उराल्ने अभिब्यक्ति दिएका थिए ।
बिराटनगरको समाजबादि मोर्चाभेलालाई सम्बोधन गर्दे उनले भने ‘तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्यो ।’
प्रचण्डले थपे ‘गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न सक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’
यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको छ ’ उनले भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’
उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्री प्रचण्डको आरोप थियो । ‘भोलि मंगलबार सुदूरपश्चिममा समाजबादि मोर्चाको कार्यक्रम संगै सबै प्रदेसमा सन्देश सभा सकिने भन्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले चाँडै नै बैठक बसेर समाजबादि मोर्चा सडकमा निस्कने कार्यक्रम बनाईने खुलासा गरेका थिए ।
सम्बोधनको समापन गर्ने क्रममा ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्यो । अनि मात्र हाम्रो जित हुन्छ ।’ कडा शब्दमा प्रधानमन्त्री प्रचण्डले आक्रोस ब्यक्त गरेका थिए ।