असार ३१
इंग्ल्याण्डलाई हराउँदै स्पेनले किर्तीमानी चौथो पटक युरोपियन फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
जर्मनीको बर्लिनमा गएराति भएको फाइनल खेलमा स्पेन २–१ ले विजयी भएको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिए । ७३ औं मिनेटमा इंग्ल्याण्डका कोल पाल्मरले बराबरी गोल गरे । ८६ औं मिनेटमा मिकेल ओयरजबालले एक गोल थपेपछि स्पेन २–१ ले विजयी भयो ।
स्पेनले युरोपियन फुटबलको उपाधि जितेको यो चौथो पटक हो । यसअघि उसले सन् १९६४, २००८ र २०१२ मा युरोपियन फुटबल जितेको थियो ।
यसपटक पनि पराजित भएको इंग्ल्याण्डको भने ५८ वर्षपछि कुनैपनि मेजर फुटबलको उपाधि जित्ने सपना टुटेको छ । सन् १९६६ को विश्वकप फुटबल जितेको इंग्ल्याण्डले त्यसयता कुनैपनि उपाधि उचालेको छैन ।
युरोपियन फुटबलको अघिल्लो संस्करणको फाइनलमा इंग्ल्यण्डालाई इटालीले पेनाल्टी सुटआउटमा हराएको थियो ।
श्राेत:ईमेज खबर