इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु


editor@sajhakura October 30, 2023

गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।
इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् ।
इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *