गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्दै २ सयभन्दा बढी मानिसलाई गाँजापट्टिबाट बन्धक बनाई नियन्त्रणमा लिईएको ५० जनाको ईजरायली आक्रमणका कारण मृत्यु भएको हमासले जनाएको छ ।
गाँजाबाट आफुहरुले बन्धक बनाई लगेका मध्ये ५० जनाको ईजरायलले गरेको हवाई आक्रमणमा परि मृत्यु भएको हमासको दावी छ । इजरायलीको पछिल्लो बिज्ञप्ती अनुशार अझैपनि २२४ जना बन्धक हमासको नियन्त्रणमा रहेको बताईएको छ ।
युद्धग्रस्त गाजामा हालसम्म युद्धका कारण ७ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा ३ हजार बढी बालबालिकाहरुको मृत्युभएको छ भने इजरायलतर्फ पनि २ हजारभन्दा बढीको मानवीय क्षति भएको बिबिसीले उल्लेख गरेको छ ।