ईजरायल र प्यालेस्टिनी उग्रबादी समुह हमास बिच भएको युद्धका कारण ईजरायल छाड्न चाहने १९ नेपालीलाई नेपाल सरकारले उद्धारगरेर नेपाल ल्याएको छ ।
उनिहरुलाई मंगलबार भारतीय बिमानमार्फत तेल अभिवबाट उद्धार गरिएको जनाईएको छ ।
परराष्ट्रमन्त्रालयले जनाए अनुसार इजरायलको तेल अभिवबाट उनिहरुलाई मंगलबार बिहान ९ बजे भारतीय स्पाइस जेटमार्फत् उद्धार गरिएको मन्त्रालयले जनाएको छ । । उद्धार गरिएका १९ नेपाली मंगलबार बेलुकी ७ बजेसम्म भारतको नयाँ दिल्ली आइपुग्ने परराष्ट्र मन्त्रालयको भनाई छ । केहि दिन अघि पनि सरकारले द्धन्दग्रस्त क्षेत्रबाट २ सय ५३ जना नेपालीको उद्धार गरेको थियो ।