प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० मध्ये ४ नेपाली विद्यार्थीको शव आज काठमाडौँ आइपुग्ने भएको छ ।
कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपाने अनि दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव इजरायलबाट दुबई हुँदै बिहान ९ बजे त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ल्याउन लागिएको हो ।
आजै नेपाली सेनाको हेलिकप्टरबाट चारैजनाको शव धनगढी लैजाने र आफन्तको जिम्मा लगाईने बताईएकाे छ ।
बझाङका गणेशकुमार नेपालीको शव भने कागजी प्रक्रिया पूरा भैनसकेकाले केही समय पछि मात्रै नेपाल ल्याईने भएको छ ।