इजरायली र प्यालेस्टाइनी सैनिकबीच नाब्लस शहरमा बिहीवार राति भएको भिडन्तमा हुँदा वेस्ट बैंकको १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् ।
इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस शहरमा आक्रमण गरेको थियो ।
प्लोस्टाइनी नागरिकहरुले भने जोसेफको चिहानसम्म जाने सडकहरु अवरुद्ध गर्दै बिरोध गरेका थिए । उनीहरुले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए । ईजरायल र प्यालेस्टाईन बिच लामो समय देखि बैमनस्यता बढिरहेको र ठुला ठुला युद्धहरु हुँदै आएका छन् । ईजरायल संगको पटक पटकको युद्धमा प्यालेष्टिनले आफ्नो भुमि र हज्जारौं आफ्ना सैन्य दस्ता गुमाईसकोको छ ।