इन्जिनियर शिव र सबइन्जिनियर उषाकिरणलाई भ्रष्टाचार मुद्धामा एक लाख ८५ हजार बढिको जरिवाना सहित ८ महिना कैद - साझाकुरा
सोमवार, मंसिर १७, २०८१

इन्जिनियर शिव र सबइन्जिनियर उषाकिरणलाई भ्रष्टाचार मुद्धामा एक लाख ८५ हजार बढिको जरिवाना सहित ८ महिना कैद


editor@sajhakura September 8, 2024

भाद्र २३

घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लिनका लागि घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र विचौलिया सुरज कुँवरलाई अख्तियारले दोषी ठहर गर्दै सजाँय सुनाएका छन् ।
गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र उपलब्ध गराउन घुस लिँदालिँदै उनिहरुलाई आयोगबाट खटिएका कर्मचारीले रंगेहात पक्राउ गरेको थियो । यस प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।
पोखरा १० मा निर्माण गरिएको एक घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाउनका लागि उनिहरुले इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए । त्यही क्रममा २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरजलाई अख्तियार टोलिले पक्राउ गरेको थियो ।
अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते २ इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायर गरिसकेपछि पटक पटक बयान फेरेको आरोपमा अख्तियारले पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेल बिरुद्ध गत श्रावण १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय फैसला गरेको छ भने घुस दिन मतियारको रुपमा काम गरेको ठहर गर्दै गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवामा कार्यरत कुँवरलाई भने उनीहरुलाई दिईएको आधा सजाय फैसला गरिएको छ । मतियार सुरजलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला भएको विषेश अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *