इमरान खानका समर्थकविरुद्ध रातभर प्रहरी धरपकड पीटीआईद्वारा प्रदर्शन स्थगन गरेको घोषणा - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

इमरान खानका समर्थकविरुद्ध रातभर प्रहरी धरपकड पीटीआईद्वारा प्रदर्शन स्थगन गरेको घोषणा


editor@sajhakura November 27, 2024

मंसिर १२
पाकिस्तानको राजधानी इस्लामावादमा पुर्व प्रधानमन्त्री ईमरान खानका पक्षमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई ब्यापक धरपकड र दमन गरेको छ । मंगलबार इस्लामाबादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरू विरुद्ध पुलिस र सुरक्षा बलहरूले व्यापक धरपकड र दमन गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । हिजो त्यहाँको प्रशासनले इमरान खानको पार्टीसँग सम्बद्ध करिब पाँच सय बढि प्रदर्शनकारीलाई पक्राउ गरि कार्वाहि अगाडि बढाएको छ । केहि दिन अघि आन्दोलनको तैयारीमा खटिएकी इमरान खानकी श्रीमती बुशरा बीबीलाई पाकिस्तान सरकारले बेपत्ता बनाएको आन्दोलनकारिहरुको भनाई छ । तर उक्त आरोपको खण्डन गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले ईमरानकी श्रीमति बुशरा बीबी खैबर पख्तुनख्वा प्रान्तमा शुरक्षित रहेको खुलासा गरेका छन् ।
बीबीसीका अनुसार पाकिस्तान तहरीक(ए(इन्साफ mपीटीआईः पेशावरका अध्यक्ष अरबाब नसीमका अनुसार श्रीमति बुशराले उनले छिट्टै पत्रकार सम्मेलनको तैयारी गरिरहेकी छिन् । ब्यापक दमन र धरपकडका कारण पीटीआईले आफ्नो प्रदर्शन हाललाई स्थगित गर्ने घोषणा गरेको त्यहाँका संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि पीटीआईले बुशरा बीबीलाई विरोध स्थल इस्लामाबादको डी चोकबाट अपहरण गरिएको दाबी गरेको थियो। पीटीआईले प्रहरीले अन्धाधुन्ध गोली चलाएको र जथाभावि अश्रुग्यास प्रहार गरेको आरोप लगाएको छ। हिजो सुरक्षाकर्मीले प्रदर्शनमा रहेका आन्दोलनकारीहरुमाथी ब्यापक दमन र धरपकट गर्दा ठुलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् भने केहीको मृत्यु भएको जनाईएको छ ।

प्रदर्शनकारिहरुले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै मंगलबार इस्लामावादमा विशाल प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *