इमरान खानको दलद्वारा ओमर अयुबलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

इमरान खानको दलद्वारा ओमर अयुबलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा


editor@sajhakura February 16, 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले ओमर अयुब खानलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने भएको छ । पीटीआईका वरिष्ठ नेता असद कैसरले जेलमा रहेका पूर्वप्रधानमन्त्री खानसँग भेट गरेपछि उहाँले ओमर अयुबलाई प्रधानमन्त्री पदको रूपमा अघि सारेका छन् ।
५४ वर्षीय ओमर अयुब पीटीआईका महासचिव र पूर्व सैन्य तानाशाह मोहम्मद अयुब खानको नाति हुनुहुन्छ । उहाँ खैबर पख्तुनख्वा प्रान्तको हरिपुरबाट पाकिस्तान मुस्लिम लिग ९पीएमएल–एन० को उम्मेदवारको रूपमा सन् २०१३ को चुनावमा हार बेहोरेपछि सन् २०१८ मा आमचुनावभन्दा अघि पीटीआईमा समावेश भएका थिए ।
गएको फेब्रुअरी ८ मा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् । तर इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढि सिटमा जितेका छन् ।
यसअघि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने बताइसकेको छ । पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)नामको गठबन्धन गरेका थिए । पूर्वप्रधानमन्त्री नवाजले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाईएको घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *